पर्यटकलार्इ स्वागत गर्न मन्त्री अाफैं पुगे विमानस्थल



विश्व पर्यटन दिवसका दिन (सेप्टेम्बर २७) आज प्रदेश २ को अस्थायी राजधानी जनकपुरस्थित विमानस्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्न प्रदेश पर्यटन मन्त्री रामनरेश राय स्वयं एयरपोर्ट पुगेका छन् ।

 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो फ्लाइटबाट आएका विभिन्न स्वदेशी तथा विदेशी पर्यटकलाई माला लगाई स्वागत गर्दै मिठाई मन्त्रीले स्वागत गरेका छन् । 

उक्त स्वागतमा मन्त्री रामनरेश राय, पर्यटन राज्यमन्त्री सुरेशकुमार मण्डल, सचिव मेघनाथ काफ्ले र मन्त्रालयका कर्मचारीहरू पुगेका थिए । विस्व  पर्यटन  दिवसको अवसरमा आज साँझ ५ बजे जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिने कार्यक्रम रहेको जानकारी गराइएको छ । 

यस अवसरमा जनकपुरमा आएका अतिथिका अतिरिक्त स्थानीयलाई पनि उपस्थितिका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्