बसमा लुटेरा र महिलाबीच झोला तानातान 



काठमाडौं : एउटा यात्रुबसमा दुई युवकले एक्कासी एक महिलाको झोला ताने ।

 

चोर चोर भन्दै चिच्याउँदै झोला फुत्कन नदिन बल गर्दै थिइन् उनी । लुटेरा र महिलाबीच झोला तानातान चल्दै थियो । संयोगले बसमा सादा पोसाकका प्रहरी रहेछन् ।

 

उनीहरुले खलासीलाई तत्काल बसको ढोका बन्द गर्न लगाए । सादा पोसाकका प्रहरी र लुटेराबीच केहीबेर घम्साघम्सी चल्यो । लुटेरा भाग्न खोज्थे, प्रहरी रोक्न ।एकैछिनमा थप प्रहरी आए र ती लुटेरालाई नियन्त्रणमा लिए । 

 

बिहीबार दिउँसो ललितपुरको महालक्ष्मीस्थानमा भएको घटना हो यो । चक्रपथ परिक्रममाको बस सातदोबाटोबाट कलंकीतर्फ वढ्दै गर्दा लुटेरा समूह छिरेका थिए ।

 

लुटेरा समूहले झोला बोक्ने र त्यही झोलाको छेको लगाएर यात्रुको सामान निकाल्ने गरेका प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्