दमकल किन्ने पैसा नभएकाे मेयरकाे अभिव्यक्तिपछि युवाद्वारा भिक्षा संकलन सुरु



झापा : झापा शिवसताक्षाी नगरपालिकामा केही दिन अागलागीमा परी चार जनाकाे ज्यान गएकाे थियाे । नगरका मेयर चन्द्रकुमार शर्माले नगरपालिकासँग दमकल खरिद गर्न पैसा नभएकाे बताएपछि झापाका युवाले भिक्षा संकलन गरेका छन् ।

 

नेपाल तरुण दलले झापाको शिवसताक्षी नगरपालिकालाई दमकल खरिद सहयोगार्थ शुक्रबार व्यंग्यस्वरूप भिक्षा संकलन गरेको हो । नगरको धरमपुर, झिलझिले, दुधे, नहरचोक र व्याङडाँडामा पानीको खाली बोत्तल, आगलागी हुँदै गरेको घर, दमकलको तस्बिर प्लेकार्डमा राखेर भिक्षा संकलन गरिएको तरुणका नेता योगेश लिङ्देनले बताए ।

 

तरुण दलले प्रतीकात्मक रूपमा भिक्षा संकलन गरेको हो । नगरमा दमकल नभएको भन्दै सर्वसाधारणले मेयरको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्