प्रचण्ड आज दिल्लीवाट फर्कदै



दिल्ली भम्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल,प्रचण्ड आइतवार दिउसो काठमाडौ फर्कदै छन । उनी काठमाडौ फर्किए लगत्तै नेकपाले बैठक समेत बोलाएका छन । दिल्ली भ्रम्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय प्रधानमन्त्रीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल लगायतका संग भेटवार्ता गरेका थिए ।

भारत भ्रमणको क्रममा प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो भेटवार्ता भएको थियो ।

भेटका अवसरमा मुख्यतः पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणहरू, बिमस्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावना बारे छलफल केन्द्रित रह्यो।

नेपालमा हाइड्रो इनर्जीको विकास, हुलाकी मार्गको निर्माण, रेलवे निर्माण, जलमार्ग, कृषिमा आधारित उद्योग र  पर्यटन क्षेत्रको विकासको बिषयमा छलफल भएको थियो ।

धार्मिक पर्यटनका लागि नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने बिषयमा र एभरेष्टको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्ने बारेमा पनि छलफल भएको थियो।

त्यसैगरी नेपाल भारत सीमामा रहेका समस्याहरुको समाधानका सम्बन्धमा पनि छलफल भयो । सीमा क्षेत्रमा भन्सारहरुको स्तर उन्नतीको बिषयमा पनि चर्चा भएको थियो ।

दुई देशको आपसी हित कसरी सुदृढ गर्ने भन्ने बिषयमा छलफल गर्दै पछिल्लो चरणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा भएका सकारात्मक समझदारीहरु र सहमतिहरुलाई प्रभावकारी रुपले कार्यान्वयन गर्ने बारेमा छलफल भएको थियो ।

यसका साथै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर आएको बेलामा केही सहमतिहरू खास गरी कास्की जिल्लामा पोलिटेक्निकल इस्टिच्यूट स्थापनामा भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि ठोसरुपमा कुराकानीहरु भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

दुबै नेताहरुबीच झण्डै एक घण्टा भएको छलफल सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

समग्रमा दुई देशको आपसी सम्बन्धलाई नयाँ उचाईमा उठाउने प्रतिबद्धता र संकल्पको साथ छलफल टुंगिएको थियो ।

यसअघि अध्यक्ष प्रचण्डको भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग पनि भेटवार्ता भरेका थिए। भेटका आवसरमा कम्युनिष्ट पार्टीहरुको एकतासँग सम्बन्धित र दुई तिहाईको सरकार बनेपछि नेपाल भारत सम्बन्धमा भएका विकासका प्रयास बारे कुराकानी भएको थियो।

भारतीय कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग संग समेत प्रचण्डको भेटघाट भएको उनको सचिवालयले जनाएको छ। भेटमा मनमोहन सिंह प्रधानमन्त्री भएका बेलामा भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उनको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष प्रचण्डले धन्यवाद ज्ञापन गरेका थिए।

 

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भै सकेपछि देश विकास निर्माण तिर ध्यान केन्द्रित गरेकोप्रति नेता सिंहले खुसी व्यक्त गरेका थिए। सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरुको पूर्णतः सहयोग रहने उनले विश्वास दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्