न्याय माग्दा हिरासत



काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग राखेर राजधानी सहर काठमाडौमा पोस्टर टास्दै गरेका सामाजिक अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी सिंहदरबार वृत्तबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो । निर्मलालाई न्याय माग्दा पक्राउ पर्नेमा प्रितम सुवेदी, भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन् । 

प्रहरी हिरासतमा राखिएका बेला उनीहरूलाई पत्रकार र वकीलसँग पनि भेट्न नदिइएको भन्दै सर्वत्र विरोध गरिएको छ ।

माइतीघर मण्डलाबाट पक्राउ गरिएका उनीहरुलाई शुक्रबार साँझ छोडिएको प्रहरीले जनाएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलाको तस्बिरसहितका पोस्टर टाँसेर न्याय माग गरिएको सामाजिक अभियन्ताले बताएका छन् । न्यायका लागि सरकारलाई दबाब दिन आफूहरू पछि नपर्ने पनि उनीहरूले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्