रजीकान्त र अक्षय अभिनीत २‍.० काे पहिलाे दिनकाे कमाइ २० कराेड भारु



काठमाडाैं : बलिउडको सबैभन्दा महँगोे फिल्म ‘२.०’ ले बिहीबार पहिलो दिनको प्रदर्शनबाट २० करोड २५ लाख भारु कमाएको छ ।यसमा हिन्दीबाहेक तीन भाषाको कमाइ समावेश छैन । फिल्म ५ सय ४३ करोडमा बनेको हो ।

 

एस शंकरको निर्देशन रहेको फिल्ममा बलिउड स्टार रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिकामा छन् । भारतीय बक्स अफिसको वेभसाइटअनुसार हिन्दी भर्सनको फिल्मले बिहीबार सवा २० करोड कमाएको हो । तर, फिल्म चार भाषामा एकसाथ रिलिज भएको थियो । अन्य भाषाको कमाइ यसमा समावेश छैन ।

 

चारै भाषामा गरी पहिलो दिनको कमाइ सय करोड पुगेको भारतीय फिल्म विश्लेषकहरूको अनुमान सञ्चार माध्यमले प्रकाशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्