जसले बुबाआमाको स्मृतिमा एक करोडको सभाहल बनाइदिए



गलकोट : स्वर्गीय बुबाआमाको स्मृतिमा यहाँका एक परिवारले तिरुपती बालाजीधामको मन्दिर परिसरमा सभाहल निर्माण गरिदिएका छन् । 

 

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–३ निवासी समाजसेवी सहदेव राजभण्डारी, आनन्दप्रकाश राजभण्डारी तथा डा. शेखर राजभण्डारीले स्वर्गीय बुबाआमाको स्मृतिमा बागलुङ नगरपालिका–४ कुडुँलेमा रहेको तिरुपती बालाजीधाममा ताम्रपत्रले छाएको सभाहल निर्माण गरिदिएका बालाजीधामले जनाएको छ । 

 

कुडँुलेमा रहेको तिरुपती बालाजीधाममा आउने भक्तजनको सेवासुविधालाई ध्यानमा राखी स्वर्गीय बुबा टीकाबहादुर राजभण्डारी तथा आमा विद्यालक्ष्मीको स्मृतिमा सभाहल निर्माण गरिएको सहयोगदाता सहदेवले बताए । 

झण्डै एक करोडको लागतमा बनेको सभाहल ताम्रपत्रले छाइएको छ । तिरुपती बालाजीधामलाई हालै धार्मिक पर्यटकीय गन्तव्य निर्माणका लागि कलाकौशलले भरिपूर्ण बालाजीधामकोे मन्दिर, नेपालकै पहिलो भूगर्भभित्र शालिग्राम शिला संग्रहालय निर्माण भइरहेको बालाजीधामका अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताए । 

 

धाममा मुक्तिनाथ वेदविद्याश्रमसमेतको कक्षा सञ्चालन भइरहेको छ । ‘मन्दिरमा मनकारी सहयोगदाताको रकमबाट विभिन्न संरचना निर्माण भएका छन’, प्रपन्नचार्यले भने , ‘राजभण्डारी परिवारको पवित्र मनले गरेको सहयोगबाट सभाहल निर्माण भएको हो ।’ 

 

मन्दिरमा आउने धार्मिक पर्यटक, भक्तजन र वेदविद्याश्रममा अध्ययनरत बटुकलाई सभाहलले सहज पुर्याउनले बताइएको छ। सभाहल पुरातन शैलीमा विभिन्न कलाकौशलको प्रयोग गरेर निर्माण भएको हो । सभाहलमा २ सय बढी भक्तजन अटाउन सक्ने क्षमता छ । राजभण्डारी परिवारले मन्दिर तथा वेदविद्याश्रमलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धतासमेत गरेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्