रुसमाथि थप प्रतिबन्ध लगाउने इयूको तयारी



ब्युनस आयर्स (अर्जेन्टिना) : युरोपेली संघ (इयू) ले मस्कोको युक्रेनमाथिको आक्रोश कम नभएमा डिसेक्बरमा रूसमाथि थप प्रतिबन्ध घोषणा गर्ने जनाएको छ ।

 

इयू प्रमुख डोनाल्ड टस्कले जी–ट्वान्टी शिखर सम्मेलन सुरु हुनुपूर्व अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा सञ्चारकर्मीसँगको कुराकानीमा यो जानकारी दिएको एएफपीले जनाएको छ । उनले भने, ‘अजोभ समुद्र क्षेत्रको विवादप्रति इयूको ध्यानाकर्षण भएको छ । रूसले यूक्रेनी जहाजमाथि बल प्रयोग गरेको इयूलाई स्वीकार्य छैन ।’

 

उनले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउनेगरी रूसले गर्ने गतिविधिप्रति संवेदनशील बन्दै युरोप एकताबद्ध रहने बताए । ‘त्यसैले म विश्वस्त छु, आगामी डिसेम्बरमा रूसविरूद्ध थप प्रतिबन्ध लगाउने निर्णय लिन सक्छ ।’ 

प्रतिक्रिया दिनुहोस्