
मुम्बई : भारतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक तथ्यांकले देखाएको छ ।
केन्द्रीय तथ्यांक कार्यालयले दिएको विवरणअनुसार चालू आर्थिक वर्षको अघिल्लो त्रैमासिकको तुलनामा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ ।
अहिलेको आर्थिक वृद्धिदर अघिल्लो वर्षको यही अवधिको भन्दा ६.३ प्रतिशतले बढी रहेको अधिकारीहरुले बताएका छन् ।
यो तथ्यांकले भारत विश्वकै तीव्र गतिमा आर्थिक वृद्धिदर हुने देशमा पर्ने देखाएको एएफपीले जनाएको छ । तर नियमित रुपमा द्रुत गतिमा आर्थिक वृद्धि कायम राख्ने चुनौती भने उत्तिकै रहेको विश्लेषकहरुले बताएका छन् ।