डलर साट्ने बहानामा नगद ठगी फरार



काठमाडौं : कीर्तिपुर बस्ने सल्यान थारमारे–३ का २० वर्षीय राजु सुनारको नगद १ लाख ५० हजार ठगी भएको छ । उनी चाँगुनारायण नगरपालिका–१ दुवाकोटबाट ठगिएका हुन् ।

 

सिन्धुपाल्चोक घर बताउने उमेश क्षेत्रीले डलर साटिदिन्छु भनी आफ्ना २ जना साथीहरुलाई पठाई सुनारसँग भएको नगद ठगी गरेको प्रहरीले जनाएको छ । नगद ठगी फरार उमेशलगायत तीनैजनाको खोजी भइरहेको छ । सुनारले उमेससँग फोनमार्फत चिनजान भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्