वाईफाई नेटवर्क खोज्दै हिँड्दा लडेर मृत्यु



तेह्रथुम : मोबाइल फोनमा वाईफाईको नेटवर्क खोज्दै हिँडेदा लडेर एकजनाको मृत्यु भएको छ । बिहीबार बेलुका मोबाइलमा वाईफाईको नेटवर्क खोज्दै हिँडेका म्याङलुङ नगरपालिका–९ साब्ला बस्ने १८ वर्षीय महेन्द्र तामाङको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । 

वाईफाई नेटवर्क खोज्दै हिँड्दा उनी १५ फित तल खसी घाइते भएका थिए । उनलाई उपचारका लागि सुरुमा जिल्ला अस्पताल तेह्रथुम लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सुनसरीको धरानस्थित घोपा क्याम्पतर्फ पठाइएको थियो । त्यहीं उपचारको क्रममा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्