च्यासलमाथि संकटाको जित



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा सिएमजी संकटा क्लबले च्यासल युुथ क्लबलाई पराजित गरेको छ । सशस्त्र प्रहरी बलकोहलचोक मैदानमा भएको खेलमा अमित तामाङ र इलोन म्याक्सवेलको गोलको सहयोगले संकटा विजयी भएको हो ।

 

खेलको २३औं मिनेटमा संकटाले पाएको पेनाल्टीलाई अमितले सदुपयोग गरेपछि पहिलो हाफमा १—० को अग्रता बनाएको संकटाका लागि दोस्रो हाफको केही मिनेटभित्रै विदेशी खेलाडी इलोन म्याक्सवेलले गोल थपेका थिए । च्यासलका तर्फबाट सन्तोष साउखलले ८७ओं मिनेटमा एक गोल गरेका थिए । 

पहिलो हाफमा कमजोर देखिएको च्यासलले दोस्रो हाफमा खेल सुधारेको थियो । यो जितपछि संकटा अंक तालिकामा १२ अंकसहित तेस्रो स्थानमा छ भने च्यासलको ४ अंक छ । संकटाको जितमा उत्कृष्ट प्रदर्शन गरेका नितिन थापा म्यान अफ द म्याच भए् ।

प्रतिक्रिया दिनुहोस्