सुदूरपश्चिमका मुख्यमन्त्रीलाई फेरि ज्ञापनपत्र



कैलाली: प्रतिनिधिसभा सांसद डिला संग्रौलाले कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई सरकारले लुकाउन सफल भएको आरोप लगाएकी छिन् । नेपाल महिला संघकी पुर्व अध्यक्ष समेत रहेकी सांसद संग्रौलाले प्रेश युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकार निर्मला पन्तलाई न्याय दिने पक्षमा नरहेको आरोप लगाइन् ।

 

‘निर्मलाको हत्यारा पत्ता नलागे एकमिनेट पनि सरकारमा बस्दिन भन्ने गृहमन्त्री स्वयंमले निर्मलाका हत्यारालाई काखी च्यापेका छन् ।’उनले भनिन् । निर्मलालाई न्याय भन्ने अभियानका क्रममा सुदूरपश्चिम आएकी संग्रौलाले शनिबार धनगढीमा पत्रकार सम्मेलनमा बोल्दै सरकार निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयमा गम्भीर नभएको बताईन् । 

 

‘निर्मलाको विषयलाई लिएर अधिकार माग्दै हिंडेका हामीहरुलाई न्याय हराएको आभास हुँदैछ ।,’ सरकारले अपराधिलाई संरक्षण गरेर राखेको भन्दै उनले हत्या भएको चार महिना हुन लाग्दा पनि अपराधि पत्ता नलाग्नु सरकारको कमजोरी भएको बताईन् । 

 

निर्मला पन्त हत्या प्रकरण घटनाका अपराधीहरुलाई सरकारले कार्बाही गर्नुपर्ने, सुदूरपश्चिममा भइरहेका महिलामाथि हुने गरेका हिंसा नियन्त्रण गनुपर्ने माग राख्दै शनिबार सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्