७७ जिल्लामा खटिए नेविसंघका केन्द्रीय प्रतिनिधि



काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले १२ औं महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।  संघले पठाएका प्रतिनिधिलाई ४ दिनभित्र आफ्नो क्षेत्रमा गएर काम थालनी गर्न अध्यक्ष नैनसिंह महरले निर्देशन दिएका छन् । 

 

नेविसंघले १२ औं महाधिवेशन आगामी पुस २८,२९ र ३० गते महाधिवेशन गर्ने गरी कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।   जसअनुसार मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन ,पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन , पुस १४ गते ७७ जिल्ला अधिवेशन र पुस २० गते प्रदेश अधिवेशन गरिसक्नु पर्नेछ ।

 

 नेविसंघले चार दिनभित्र कार्य क्षेत्रमा नपुग्ने प्रतिनिधिको ठाउँमा नयाँ पठाएर कार्य अघि बढाउने पनि जनाएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस्