पाकिस्तान र भारत : राजनीतिक सम्बन्धमा चिसाे, व्यापारिक सम्बन्ध सुमधुर



नयाँ दिल्ली: भारत र पाकिस्तानको सम्बन्ध सधैँ सत्रुतापूर्ण रहेको छ। सन् १९४७ मा भारतबाट छुट्टिएपछि नै पाकिस्तानसँगको सम्बन्ध आजपर्यन्त सुध्रिन सकेको छैन।

 

राजनीतिक रुपमा सम्बन्ध जति नै नराम्रो भएपनि यी दुई देशबीच व्यापारिक सम्बन्ध चाहिँ सुमधुर छ। पाकिस्तानबाट विभिन्न किसिमका सामग्री भारत आयात गरिन्छ। र, पाकिस्तानले पनि भारतबाट सामग्री आयात गर्छ।

 

त्यति मात्रै होइन भारत र पाकिस्तानबीच धार्मिक यात्राका लागि पनि समन्वय हुने गरेको छ। पाकिस्तानले यसबीचमा भारतसँगको एउटा नाका धार्मिक यात्राका लागि खुल्ला गरेका छ।

 

भारत र पाकिस्तानबीच भिषाबिना नै आवतजावत गर्न मिल्ने गरी पहिलो पटक ऐतिहासिक सम्भौता भएको हो। पाकिस्तान र भारतमा रहेको दुई धार्मिक शहर गुरुद्वारा र डेराबाबा जोड्ने नाका खोल्न दुई देश सहमत भएका हुन्।

 

६ किलोमिटरको दुरीमा रहेका दुई शहरमा आवतजावत गर्नेलाई भिषा नलाग्ने घोषणा गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसलाई नयाँ युगको सुरुवातको संज्ञा दिएका छन्।

 

प्रधानमन्त्री खानले दुई देशबीच धेरै जञ्जाल रहेको उल्लेख गर्दै नयाँ सम्बन्ध निर्माणका लागि त्यसलाई तोड्नु पर्ने बताएका छन्। गुरु नानकले शीख धर्मको सुरुवात सोही शहरबाट गरेको मान्यता रहेको छ।

 

हिन्दू र मुश्लिम समुदायले पनि उनलाई आदर्श व्यक्तिका रुपमा लिने गरेका छन्। भारत र पाकिस्तानको सम्बन्ध सुधारका लागि पहिलो खुड्किलोका रुपमा यसलाई लिनु पर्ने र सोही आधारमा अघि बढ्नु पर्ने तर्क भारतीय पक्षले गरेको छ।

प्रतिक्रिया दिनुहोस्