दुई तिहाई बहुमत देशलार्इ अभिशाप : गजुरेल 



बुटवल : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुर्इ तिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबी गरेका छन् ।  ‘यो सब हुदाहुदै पनि यो सरकार ढल्नेवाला छैन,दुर्भाग्य, संविधानमै यस्तै व्यवस्था छ, ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भो’ गजुरेलले भने ।

 

प्रदेश ५ बुटवलस्थित रिपोर्टर्स क्लबले आयोजना गरेकाे साक्षात्कारमा उनले भने —‘अहिले सरकार नयाँ युगको कुरा गर्दै पोल पोलमा फोटो राख्ने गर्दैछ ।  अब श्री ५ केपी ओली लेख्न मात्रै बाँकी छ ।’

 

नेपाली कांग्रेसले पनि प्रतिपक्षको भूमिका देखाउन नसक्दा भिजेको विरालो जस्तै भएको उनले तर्क गरे । उनले ओली सरकारले जतिसुकै गम्भीर गल्ती गरे पनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था रहेको कारण जनतामा निरासा छाएको उनको भनाइ छ ।   

 

प्रतिक्रिया दिनुहोस्