एसिया प्यासिफक समिट : चर्चको प्रशंसा, हानको सम्मान



काठमाडौं : युनिफिकेसन चर्चको प्रसंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहु¥याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरुले ‘एसिया प्यासिफिक समिट’को शनिबार उद्घाटन गरेका छन् । सम्मेला ‘म्याडम मुन’ र उनको प्रसंसाको लागि गरिएको भन्दै प्रमुख प्रतिपीक्षी कांग्रेस त्यसमा सहभागी भएन । 

‘धमै प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दुःखद हो, यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘त्यसैले हामी यसमा गएनौं, जानु उचित पनि थिएन ।’ यही आशंकाले आफूहरु सम्मेलनमा सहभागी नहुने संस्थागत निर्णय नै गरेको कांग्रेसले जनाएको छ । 

उद्घाटन समारोहका सबैजसो वक्ताले इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकको प्रसंशा गरे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्