नेपाली विमान इयूको कालोसूचीमै



काठमाडौं : नेपाली विमानलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरि कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई पुनः निरन्तरता दिएको छ । ईयूको हवाई क्षेत्रसँग सम्बन्धित ६ ६ महिनामा हुने बैठकले कालोसूचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो । 

इयूले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दैनेपाली विमानलाई युरोपेली भूमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ । नेपालका तर्फबाट पटक–पटक प्रयास भए पनि सूचीबाट हट्न सकेको छैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्