संघीय संसद्को बजेट अधिवेशन सकियो, यी हुन् १ सय ३५ बैठकमा भएका प्रगति



काठमाडौं: संघीय संसदको दोश्रो अधिवेशन बिहीबार मध्यरातीदेखि समाप्त भएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आजै बिहीबार रातीदेखि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन् । 

 

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । दोश्रो अधिवेशन अन्तर्गत २०७५ बैशाख २३ गते आईतबार पहिलो बैठक बसेको प्रतिनधिसभा बैठक असोज ११ गते सम्म गरि जम्मा १ सय ३५ दिन चालु रह्यो । 

 

यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो । यो अधिवेशनले चालु आर्थिक २०७५÷७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्ताव वाहेक विनियोजन विधेयक माथि छलफल गरि सर्वसम्मत पास गरेको थियो ।

 

यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धित मन्त्रालयमा फिर्ता भएको छ ।

 

दर्ता भएका विधेयकमध्ये १८ वटा विधेय संघीय संसदका दुवै सदनबाट पास भइसकेका छन् । त्यसैगरी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइएको छ ।

 

राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा पेश भएका विभिन्न ७ वटा विधेयक मध्ये ५ वटा विधेयक पारित भइसकेको छ । बाँकी दुई विधेयक राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल भएको छ ।

 

प्रतिनिधिसभामा नियमावलीमा भएको व्यवस्थाअनुसार गत भदौ १८ गते बाट मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु गरेको थियो ।

 

यो अधिवेशनले केही अध्यादेशलाई स्वीकृत गर्नुको साथै विभिन्न अन्तर्राष्ट्रिय सम्झौंता सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । त्यसैगरी विभिन्न संबैधानिक निकायका बार्षिक प्रतिवेदन पनि यो अधिवेशमान बैठकमा पेश भएका छन् ।

 

यो अधिवेशनमा प्रतिनिधिसभाले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव सर्वसम्मति पास गरेको थियो ।

त्यस्तै, राष्ट्रियसभाको बैशाख २३ देखि असोज ११ सम्म १ सय ३५ दिनमध्ये ५२ दिन बैठक बस्यो। ५२ दिनमा ६५ वटा बैठक बसेका थिए। यसबीच ८९ घण्टा २० मिनेट संसदीय कामकारबाहीमा समय बिताएको सभाध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए। 


यी हुन् संसद्को दोस्रो अधिवेशनका कामहरु

प्रतिक्रिया दिनुहोस्