निर्मला पन्त हत्या प्रकरणः तारोमा सरकार



काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकार विरोधीको आलोचनाको तारो बनेकोे छ । पछिल्लो समय सरकारको विरोध गर्ने विषय नै निर्मला हत्या बनिरहेको छ । सरकारका राम्रा कामसमेत निर्मलाको विषयसँग जोडेर बदनाम भइरहेका छन् ।

सरकारले केही दिनअघि निजी क्षेत्रका लाखौं श्रमिकको हितमा हुने गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको थियो । त्यस स्वागतयोग्य कामलाई पनि निर्मला पन्तसँग जोडेर ओझेलमा पार्ने काम भइरहेको छ ।

मिस नेपाल २०१८ की शृंखला खतिवडा चीनमा जारी मिस वल्र्ड प्रतिस्पर्धाको अन्तिम ३० भित्र पर्न सफल भएकी छिन् । तर, नेपालमा शृंखलाको विषय पनि निर्मलासँग जोडेर सरकारको विरोध भइरहेको छ । एक नेपाली नारीले भोट मागिरहँदा अर्कीले न्याय मागिरहेको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदै आएको छ ।

निर्मला हत्याका दोषी पत्ता लगाउन नसक्दा चौतर्फी विरोध बढेर गए पनि सरकार भने दोषी पत्ता लगाएर कारबाही गर्न चुकेको छ । सरकारले दोषी पत्ता लगाउन संवेदनशील बन्नुपर्नेमा उदास देखिएको छ । घटनाको प्रमाण नष्ट गर्ने र किर्ते काम गर्ने प्रहरीकै अधिकारीलाई कानुनबमोजिम कारबाहीसमेत गरिएको छैन । आजको राजधानी दैनिकमा खबर छापिएको छ। 

प्रतिक्रिया दिनुहोस्