एजेन्सी : सिरिएमा अपराजित यात्रा गरेको युुभेन्ट्सले आइतबार बिहान भएको खेलमा फियोरेन्टिनालाई पराजित गर्दै दोस्रो स्थानमा रहेको नापोलीभन्दा ११ अंकको स्पपष्ट अग्रता कायम गरेको छ ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा युुभेन्ट्सले फियारेन्टीनालाई ३–० गोल अन्तरले हरायो ।
च्याम्पियन युुभेन्ट्सले ३१ औं मिनेटमा रोड्रिगो बेन्टाकुरले १८ यार्ड बाहिरबाट पाउल डेबलाको पासमा गरेको गोलमार्फत अग्रता बनाएको थियो । त्यस्तै, युुभेन्ट्सका लागि १८ महिनापछि पहिलो गोल गरेका जर्जिओ चिलेनीले खेलको ६९ औं मिनेटमा गोल गर्दै टिमलाई दोब्बरको अग्रता बनाएका थियो ।
त्यस्तै, रोनाल्डोले सिरिएमा आइतबारको पेनाल्टीमार्फत व्यक्तिगत १० गोल पूरा गरेका छन् । साविक विजेता युुभेन्ट्सले अहिलेसम्म खेलेका १४ खेलमध्ये १३ पटक उपाधि आफ्नै पक्षमा पारेको छ ।