गाेल गरेर उत्तेजित हुँदा राेनाल्डाेलाई पहेंलाे कार्ड



एजेन्सी : युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पछिल्ला हरेक खेलमा गोल गर्दै आएका छन् । इटालियन सिरिए फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अपराजित युभेन्टसले फियोरेन्टिनालाई ३–० ले हराउँदा पनि उनले एक गोल गरेका थिए । 

 

खेलमा युभेन्टसका लागि रोड्रिगो बेनटाकुर्स र जर्जियो चिलिनीले पनि गोल गरे । ३१ औँ मिनेटमा बेनटाकुर्सले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

 

६९ औँ मिनेटमा चिलिनीले गोल गर्दै अग्रता दोब्बर बनाए । ७९ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेपछि युभेन्टस ३–० ले विजयी पनि भयो ।

यो सिजनमा सिरिएबाट १० गोल गरिसकेका उनले गोल गरेपछि दर्शकदीर्घामा गरेको सेलिब्रेसनबाट भने निराश भए । गोल गरेपछि खुसी हुँदै उनले बल समातेर लात्ताले आकाशतिर उडएका थिए । जुन रेफ्रीलाई मन परेन । तुरुन्त रोनाल्डोलाई पहेंलो कार्ड दिए । 

 

लगातार आठौँ सिजन उपाधि जित्ने होडमा रहेको युभेन्टसले यो सिजनका १४ मध्ये १३ खेल जितेको छ र एक खेलमा बराबरीमा रोकिएको छ । अर्थात् अहिलेसम्म युभेन्टस सिरिएमा अपराजित छ । उसको १४ खेलबाट ४० अंक भएको छ । दोस्रो स्थानको नापोलीको १३ खेलबाट २९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्