प्रशिक्षकबिनै खेलाडी छनौट



विराटनगर : आठौँ राष्टिय खेलकुद प्रतियोगिताका लागि मोरङमा प्रशिक्षकविनै खेलाडी छनोटको काम अगाडि बढिरहेको छ । जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा जारी छनोटमा २२ खेलका खेलाडी छनोट प्रक्रियामा छन् । 

राष्टिय खेलकुद परिषद्ले सुरुमा १६ खेलबाट खेलाडी छनोट गर्न पत्र काटे पनि थप ६ खेल सहभागी गराउन निर्देशन दिएको समितिले जनाएको छ । तर, विडम्बना छनोटका लागि सहभागी अधिकांश खेल र खेलाडी प्रशिक्षक विहीन छन् । 

 

प्रतियोगिताका लागि मात्र सक्रिय हुने खेलकुद संघ खेलाडी खोज्ने र सीमित खेलाडीमार्फत जिल्लाको प्रतिनिधित्व गराउने सुरमा छन् । सीमित स्रोतसाधनका कारण जिल्लाको खेलकुद अभावमै चल्दै आएकाले यो भन्दा धेरै अपेक्षा गर्न नसकिने खेलकुद विकास समिति मोरङको भनाइ छ ।

आठौँ राष्टिय खेलकुद प्रतियोगिताका लागि बक्सिङ, टेबल टेनिस र बास्केटबलमा प्रतिनिधित्व गर्ने खेलाडी छनौट गरिएको छ । खेलाडी छनौट मंसिर २१ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्