समिटमा सहभागी विशिष्ट अतिथिलाई ओलीको किताब उपहार



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माइ भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।

 

प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले ट्वीटमार्फत ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्