२८ महिनामा लगानीकर्ताले सवा ७ खर्ब गुमाए



काठमाडौं : पछिल्लो २८ महिनामा सेयर बजार परिसूचक (नेप्से) करिब ४० प्रतिशतले घटेर आइतबारसम्ममा ११३.८९ अंकमा झरेको छ ।

यो अबधिमा परिसूचक ७५१ प्रतिशतले घटेको छ । जबकि ०७३ साल साउन १२ मा नेप्से १८८१ अंकमा पुगेको थियो ।

सूचीकृत कम्पनीको न्यून लाभांश तथा बैँकिङ प्रणालीको ब्याजदरमा कमी नआएपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको जानकारहरु बताउँछन् । 

विगत २८ महिनालाई फर्केर हेर्ने हो भने नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तिय संस्थाको ४ गुणासम्म पूँजी वृद्धि गर्ने नीति लिएपछि हदप्रद पाउने आशमा बजार प्रवेश गरेका लगानी कर्ता नै अहिले समस्यामा परेका हुन् ।

हदप्रद सेयरलाई पनि प्रतिफल मानेर सेयर बजारका लगानीकर्ताले यो अवधिमा ७ खर्ब २२ अर्ब रुपैयाँ गुमाईसकेका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्