दर्ता नभएका यातायात समितिको रुटपर्मिट खारेजी



काठमाडौं : यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि ल्याएको ९ महिना बितिसक्यो तर ४ सय यातायात समितिहरू भने अझै कम्पनीमा दर्ता भएर पञ्‍जीकरण भएका छैनन् । 

भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले म‌ंसिर मसान्तसम्म कम्पनीमा दर्ता भएर पञ्‍जीकरणको समयसिमा तोकेको थियो । समय सकिन दुई साता मात्रै बाँकी रहँदा धेरै समिति अझै दर्ता भएका छैनन् । 

विभागका अनुसार अहिलेसम्म १ हजार ५ सय कम्पनी दर्ता भएर पञ‍जीकृत भएका छन् । विभागले समयमै दर्ता नहुने समितिको रूटपर्मिट खारेज हुने जनाएको छ ।  

गत बैशाखमा गृहमन्त्री रामबहादुर थापाले संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका यातायात संघसंस्थाहरूको दर्ता तथा नवीकरण गर्ने निर्णय गरे पनि सोही अनुसार विभागले केही तयारी गरेको भने देखिएको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्