निर्मला पन्त प्रकरण : सकिएन प्रहरीमाथि छानबिन



काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका अभियुक्त पहिल्याउन असफल हुँदा आलोचित नेपाल प्रहरीले अनुसन्धानमा भएको लापरबाहीमाथि छानबिनलाई समेत प्राथमिकता दिन सकेको छैन । एआइजीको संयोजकत्वमा छानबिन समिति गठन भएको दुई महिना बितिसक्दा पनि प्रतिवेदन दिन सकेको छैन ।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीबाट कुन हदको लापरबाही भएको हो भनेर बुझ्न एआइजी धिरु बस्नेत नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन । अभियुक्त पत्ता लगाउन तीन महिनादेखि जनस्तरबाट दबाबमूलक कार्यक्रम भइरहेका छन् । निर्मलाका बुबा मानसिक सन्तुलन गुमाएर अस्पतालमा भर्ना भएका छन् ।

राज्यले नै अभियुक्तलाई संरक्षण गरेको आरोप लाग्दै आएको छ । यति महत्वपूर्ण विषयको छानबिन भने लम्बिँदै गएको छ । छानबिन समितिमा रहेका प्रहरीहरू अन्य काममा व्यस्त रहेको स्रोत बताउँछ ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका अभियुक्त पहिल्याउन असफल हुँदा  आलोचित नेपाल प्रहरीले अनुसन्धानमा भएको लापरबाहीमाथि छानबिनलाई समेत प्राथमिकता दिन सकेको छैन । एआइजीको संयोजकत्वमा छानबिन समिति गठन भएको दुई महिना बितिसक्दा पनि प्रतिवेदन दिन सकेको छैन ।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीबाट कुन हदको लापरबाही भएको हो भनेर बुझ्न एआइजी धिरु बस्नेत नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन । अभियुक्त पत्ता लगाउन तीन महिनादेखि जनस्तरबाट दबाबमूलक कार्यक्रम भइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्