चार महिनामा धनगढीका ९१ पसलमा अनुगमन



धनगढी: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकको कार्यप्रगति सार्वजनिक गरेको छ ।

 

पहिलो चौमासिकमा प्रदेशका ९१ वटा किराना पसल, होटेल, रेष्टुरेन्ट र मिठाई पसलमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

 

दशैं-तिहारको वेला अखाद्य वस्तु बिक्री बितरण गर्ने व्यापारीलाई कारवाही गरिएको र त्यस्ता वस्तु नष्ट गरिएको कार्यालय प्रमुख सुमन धितालले बताए । सो क्रममा एकजना व्यापारीबिरुद्ध मुद्धा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्