भिल्लारियललाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा



एजेन्सी : भिल्लारियललाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २–० ले विजयी भएके हो । बार्सिलोनाले ३६ औं मिनेटमा जेरार्ड पिकेको गोलमा अग्रता लियो । ओस्मान डेम्बेलेको क्रसमा उनले हेडरमार्फत गोल गरेका थिए । कार्लोस एलेनाले ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । 

यस जितसँगै बार्सिलोनाले १४ खेलमा ८ जित, ४ बराबरी र २ हारसहित २८ अंक जोडेको छ । सेभिल्ला भने १४ खेलमा ८ जित ३ बराबर र ३ हारसँगै २७ अंकमा छ । पछिल्लो ५ खेलमा बार्सिलोनाको यो दोस्रो जित हो । 

आइतबार भएको खेलमा सेभिल्लाले अलाभेससँग १–१ को बराबरी खेलेको थियो । अलाभेसका लागि जोनीले गोल गर्दै अग्रता दिलाएका थिए । तर विसाम बेन येडरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए ।

प्रतिक्रिया दिनुहोस्