कैलालीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु



कैलाली : कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गएराति टीकापुर नगरपालिका वडा नं. ७ खैरीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार खैरीपुरमा भएको दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ ।  दुर्घटनामा १८ वर्षीय पवन पाण्डे घाइते भएका छन् । उनको कोहलपुरमा उपचार भइरहेको छ ।  

यता टीकापुर नगरपालिका वडा नं. २ बन्दीपुरमा रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो । दुर्घटनमा २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्