बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



दमौली:  बसको ठक्करबाट तनहुँमा गएराति एक पैदलयात्रीको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग१ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो ।

 

बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०: ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन् । गन्धर्वको शव दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्