सफलताका लागि यी ४ कुरामा ध्यान दिनुपर्छ



१.बौद्धिकताः सफल नेतृत्व बौद्धिकतामा भर पर्छ । बौद्धिकता भन्नाले विषयप्रतिको ज्ञान तथा जानकारी हो ।

 

२.दृढ इच्छाशक्तिः सफल नेतृत्वका लागि दृढ इच्छाशक्ति आवश्यक पर्छ । कामप्रतिको गहिरो इच्छाशक्तिले हरेक मुस्किल काम सम्पन्न गर्न सहज हुन्छ ।

 

३.इमानदारीः अर्को महत्वपूर्ण पक्ष भनेको इमानदारी हो । लगनशीलता सहितको इमानदारीले आफ्नो कार्यालयमा विश्वासको वातावरण बनाउँछ ।

 

४.राम्रो समूहः विषयमाथि छलफल गर्ने, दृढ इच्छाशक्तिसहित कार्य सम्पन्न गर्न राम्रो समूह आवश्यक पर्छ । समूहमा हुने विमर्शले भविष्यको परिणाम आँकलन गराउँछ । र, सजग बनाउँछ । त्यो समूहलाई गुटको रूपमा भने लिनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्