१३ वर्षीया बालिका बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ



पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बेतिया पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूरी काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् ।

आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपछि फरार रहेका आलमलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त आलमले किशोरीलाई गएको साउन १७ गते दिउँसो स्थानीइ एक महिलाको कोठामा र अन्य समयमा आफ्नै कोठामा लगि ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर करणी गरेको खुलेको छ ।

आलमलाई आइतबारै पर्वत जिल्ला अदालतबाट करणीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानको लागि पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्