दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु



काठमाडौं: ललितपुरमा भएको दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु भएको छ । एकान्तकुनामा कारले मोटरसाइकलाई ठक्कर दिँदा एक ट्राफिक प्रहरीको मृत्यु भएको हो ।

 

बा १६ च ६८०२ नम्बरको कारले बा ९४ प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  सुर्खेत विद्यापुर ७ घर भई  प्रहरीवृत्त कालीमाटीमा कार्यरत ट्राफिक प्रहरी सुवनप्रसाद कंडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

कार चालक काभ्रे पनौती घर भइ ललितपुर बस्ने प्रज्वलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्