काठमाडौं: विदेशी मुद्राको भाउ आज स्थिर छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रिदर २९ रुपैयाँ ७६ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रिदर ३० रुपैयाँ ४० पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रिदर २६ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर ३ सय ६७ रुपैयाँ २२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ५३ पैसा र बिक्रिदर २ सय ९६ रुपैयाँ १२ पैसा रहेको छ ।