बर्दिबासमा बेवारिसे शव भेटियो 



महोत्तरी : बर्दिबास नगरपालिका वडा नं. ८ स्थित पूर्व पश्चिम राजमार्गनजिकै बेवारिसे अवस्थामा एउटा शव भेटिएको छ । राजमार्गबाट ५० मिटर दक्षिण भप्सी खोलाको किनारमा भेटिएको शव अन्दाजी ६० वर्षका पुरुषको भएको प्रहरीले जनाएको छ ।

पातलो शरीर भएका मृतकले निलो जिन्स पाइन्ट, आकासे रङको भेस्ट र खैरो ज्याकेट लगाएका छन् । मृतकको उचाइ ५ फिट २ इन्च छ । प्रहरीका अनुसार पहाडी मूलको जस्तो देखिने मृतकको नामठेगाना खुल्न सकेको छैन । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्