ए डिभिजन लिग : मनाङलाई पच्छयाउँदै आर्मी



काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचाै‌ चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लबको अपराजित यात्रा कायम छ ।

 

मनाङ शतप्रतिशत नतिजा निकाल्दै १५ अंकका साथ शीर्ष स्थानमा छ । मनाङलाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार खेलमा जित र एकमा बाराबरीसहित १३ अंकका साथ दोस्रो स्थानमा छ ।

 

थ्रीस्टार र सङ्कटा चारमा जित र एउटामा पराजित हुँदै १२/१२ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब तीनमा विजयी, एउटामा पराजित र एक खेलमा बराबरीको नतिजासहित समान १०/१० अङ्कका साथ पाँचौं र छैटौं स्थानमा छन् । सरस्वती क्लब दुई जित र तीन पराजयसहित  छ अङ्कका साथ सातौं स्थानमा छ ।

 

ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लब एउटा जित, एउटामा बराबरी र तीन खेलमा पराजित हुँदै चार अंकका साथ आठौं र सोही नतिजाका साथ फ्रेन्ड्स क्लब, जाउलाखेल युथ क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब क्रमशः नवौं, १०औं र ११औं स्थानमा छन् । चार खेलमा पराजित र एउटामा जितसहित ब्रिगेड ब्वाइज लिगको १२औं स्थानमा छ । मछिन्द्र दुई अङ्कका साथ १३औं स्थानमा छ भने एनआरटी एक अङ्कका साथ अङ्कतालिकाको पुछारमा छ । 

रासस

प्रतिक्रिया दिनुहोस्