दाङमा गोरुको विषयमा झडप, ७ मोटरसाइकल जलाइए



दाङ : गोरु किन्ने समुह र गाउँलेहरुका बीचमा विवाद बढेपछि दाङको लमही नगरपालिका वडा नं ८ को सतवरिया र राजपुर गाँउपालिकाको सिमानामा आइतबार राती सवा ९ बजे झडपको स्थिती उत्पन्न हुनुका साथै आधा दर्जनबढि मोटरसाईकलमा आगजनी भएको छ । 

 

सोमवार बिहान प्रहरीले गाउँमा जलाइएका ७ र २ मोटरसाईकल खरकट्टीमा सकुशल अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ जसमध्ये ७ मोटरसाइकल पूर्णरूपमा जलेका छन्।

 

प्रहरीले रातको समयमा खरकट्टीमा लुकेर बसेका लमहीका युवा अर्जुनकुमार गुप्तालाई घटना संलग्न भएको आंशांकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्