विजय थापाको हत्यामा संलग्न आशीष सेठी सार्वजनिक



कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले विजय थापाको हत्यामा संलग्न रहेको भन्दै आशीष सेठीलाई साेमबार सार्वजनिक गरेको छ । प्रहरीले सोमबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सेठीलाई सार्वजनिक गरेको हो ।

 

मृतक थापा र सेठी एकआपसमा मिल्ने साथी भएको र भारतबाट लागुऔषध हिरोइन खरिद गरेर सँगै सेवन गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

 

मृतक थापासँग रहेको थप हिरोइन सेवन गर्नको लागि घटना भएको घरको माथिल्लो तलाको सिडीमा बसेको र त्यही ठाउँमा सेठी र मृतक थापाबीच हात हालाहाल भएपछि थापाकाे सिडीमा टाउको लागेर चोट लागेको र घाइतेलाई लुकाउन लैजाने क्रममा सेठीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

 

गत कात्तिक ३० गते राति प्रदेश प्रमुखको कार्यालय अगाडीको कलस होटलमा विजय थापाको हत्या भएको थियो । हत्या प्रकरणलाई लिएर केही दिन कैलालीमा आमहड्ताल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्