सिके राउतलाई रिहाइ गर्न सर्वोच्चद्धारा अस्वीकार



काठमाडौं : राज्यविरुद्धको कसुर अभियोगमा पक्राउ गरी थुनामा राखिएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत रिहा गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको मुद्दा सर्वोच्चले खारेज गरिदिएको छ । 

सिके राउतलाई गैर कानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट आज भएको सुनुवाइपछि खारेज भएको हो । केही दिनदेखि सर्दै गरेको यो मुद्दामा दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले आज रिट खारेज गर्ने फैसला गरेको हो । 

रिट खारेज भएपछि उनलाई अब थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस्