‘सबैले अधिकार प्राप्त नगरेसम्म सङ्घीयताले पूर्णता पाउँदैन’



परासी : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता संस्थागत गर्ने उद्देश्यमा आफूहरू लागिरहेको बताएका छन् । सङ्घीयता संस्थागत नभएसम्म नागरिकले त्यसको अनुभूति गर्न नसक्ने उनको भनाइ छ । 

सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री राउतले सोमबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित कार्यकर्ता भेटघाटमा प्राप्त अधिकारको स्थायित्व, बाँकी अधिकार प्राप्ति र सङ्घीयताको संस्थागत विकास गर्न आफ्नो सरकार केन्द्रित रहेको बताएका हुन् । सबैले अधिकार प्राप्त नगरेसम्म सङ्घीयताले पूर्णता नपाउने उनको दाबी छ । 

संविधानमा रहेको असन्तुष्टिको सम्बोधन गर्न पनि सङ्घर्ष जारी रहेको मुख्यमन्त्री राउतले बताए । प्रदेश दुई सरकारले दलित, महिला र छोरीको सशक्तीकरण र अधिकार सुनिश्चितताका लागि प्रयत्न गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्