मल्टिमिडिया अवार्ड जित्दै श्रृंखला मिस वर्ल्डको फाइनलमा



काठमाडौं : मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडा अन्तिम ३० मा पुग्न सफल भएकी छिन् । मल्टिमिडिया अवार्ड जित्दै उनले अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । 

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पारेकी हुन् । 

प्रतिक्रिया दिनुहोस्