यज्ञराजको स्वास्थ्य सामान्य बन्दै, एकदुईदिनमै डिस्चार्ज गरिने



काठमाडौं : बलत्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । हाल उनमा यसअघि भनिएजस्तो गम्भीर खालको मानसिक समस्या नरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

तर लामो समयदेखि धेरै तनावमा रहँदै आएकाले लामो समयसम्म तनाव लिँदा देखिने समस्या उनमा देखिएको र उनलाई तनाव कम गर्ने औषधि दिइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

उनलाई गम्भीर खालको मानसिक समस्याभन्दा पनि हाइपर थाइरोइड देखिएको हुँदा मेडिसिन विभागका चिकित्सकहरूले उपचार गरिरहेको र अब एक–दुई दिनपछि उनलाई डिस्चार्ज गरिने बताइएको छ । । 

बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायका लागि धर्नामा बसेका यज्ञराजको स्वास्थ्यमा समस्या देखिएपछि उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार जारी छ । 

प्रतिक्रिया दिनुहोस्