
पर्वत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको बताएका छन् ।
दक्षिण पर्वतको पैयूँ गाउँपालिकास्थित हुवासमा आज आयोजित शहीद स्मृतिसभामा उनले भने, “जनतामा लोकप्रिय हुन्छ भने डरले सरकारलाई प्रतिपक्षले घेराबन्दीमा पार्न खोजिएको छ ।”
नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल र विजय गुरुङले पार्टीको निर्णय र सङ्गठनको मर्म बमोजिम नै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यसअघि नेता पौडेलले हुवासमा निर्मित शहीद गेटको पनि उद्घाटन गरे ।