काठमाडौं : एक हप्ताअघि टेकूस्थित कनक पेट्रोल पम्प नजिकै जीवन सिंहलाई ठक्कर दिएर फरार मारुती भ्यानका चालक पक्राउ परेको छ । भ्यानको ठक्करबाट १८ वर्षीय सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो ।
पक्राउ पर्ने चालक कुमार श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका टोलीले काभ्रेको बनेपा, ८ मा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले ठक्कर दिने बा १८ च ३२९५ नम्बरको मारुतीलाई साेही दिन नियन्त्रणमा लिएकाे थियाे ।
प्रहरीका अनुसार ठक्कर दिएपछि चालक बनेपामा लुकिछिपि बस्दै अाएका थिए । मृतक सिंह नेपाल प्रहरीका पूर्व हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् । १० वर्षे द्वन्द्व कालमा चक्रबहादुर ०५८ सहिद भएका थिए ।
काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले तरकारी लिन आउने क्रममा सिंहलाई ठक्कर दिएर चालक फरार भएकाे बताएका छन् । उनले भने, ‘त्यो गाडी तरकारी लिन आउने जाने गर्दो रहेछ, यही क्रममा सिंहलाई ठक्कर दिएकाे हाे ।’