मेसी–रोनाल्डोको दबदबा तोडियो, मोड्रिचले जिते बालोन डि’ओर



काठमाडौँ : क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ओर २०१८ जित्न सफल भएका छन् । बालोन डि’ओर जित्ने क्रममा मोड्रिचले बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको १० वर्ष लामो दबदबा पनि तोडेका छन् ।

 

क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका यही वर्ष फिफा वर्ष खेलाडी घोषित मोड्रिचलाई फ्रान्सको चर्चित म्यागेजिनले यो वर्षको बालोन डि’ओरको उपाधि पनि प्रदान गरेको हो ।

 

३३ वर्षीय मोड्रिच रियल मड्रिडले लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा प्ले मेकरको भूमिकामा थिए । उनैको जायुयी प्रदर्शनमा क्रोएसिया विश्वकपको फाइनलसम्म पुगेको थियो ।

 

यसअघि सन् २००७ मा ब्राजिल र एसिय मिलानका फर्वार्ड काकाले बालोन डि’ओर जितेका थिए । त्यसयता २० वर्षसम्म मेसी–रोनाल्डोले ५-५ पटक यो उपाधि जिते । मोड्रिचले बालोन डि’ओर जित्ने क्रममा उनीसँग प्रतिस्पर्धामा रहेका रोनाल्डो दोस्रो र मेसी तेस्रो स्थानमा रहे । एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान चौथो र पेरिस सेन्ट जर्मेनका केलियन एम्बाब्पे पाँचौ स्थानमा रहे । दुवैले फ्रान्सका लागि रसिया विश्वकप जित्न सफल भएका थिए ।

 

फिफा वर्ष खेलाडी मोड्रिचले त्यसअघि रसियामा भएको विश्कप फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुँदै गोल बल अवार्ड पनि जितेका थिए । ‘यो मेरा लागि अविष्मरणीय र मैले कल्पना पनि नगरेको क्षण हो’, बालोन डि’ओर जितेपछि मोड्रिचले भने, ‘यो अर्वाड जित्नुमा म मेरो टिमका साथीहरुलाई श्रेय दिन चहान्छु ।’

 

मेसी र रोनाल्डोलाई समकालिन विश्व फुटबलका विशेष खेलाडीको संज्ञा दिँदै मोड्रिचले सन् २०१७÷०१८ को सिजन आफ्नो जीवनका लागि अविस्मरणीय रहेको पनि उल्लेख गरे ।

 

युद्धबाट शरणार्थी बनेका टोटनह्यामका पूर्व खेलाडी मोड्रिचले आफ्नो सिनियर फुटबल जीवनको सुरुवात डाइनामो जाग्रेबबाट सुरु गरेका थिए । उनले आफूलाई व्यवसायिक फुटबल खेलाडी बनाइदिएकोमा डाइनामो जाग्रेब धन्यवाद पनि दिएका छन् ।

 

मोड्रिचसँगै फ्रान्सेली क्लब लियोन र नर्वेकी स्ट्राइकर २३ वर्षीया एडा हेगेर्बर्गले महिलातर्फको बालोन डि’ओर जितेकी अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्