सेना-प्रहरीको पोशाक खरिदमा अनियमितता



काठमाडौं : सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो । 

 

आव २०७४÷०७५, २०७३र०७४ र २०७२÷७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको खबर आजको कारोवार दैनिकमा छ ।  हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ। तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तिनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाउन सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्