दाैरा सुरुवाल लगाउन दबाबमूलक अभियान चलाइने



काठमाडौं : परम्परा र संस्कृति लोप हुने क्रममा रहेको भन्दै नयाँ बानेश्वरमा रहेको राष्ट्रिय पोशाक घरले सरकारलाई राष्ट्रिय पोशाक घोषणा गर्न दबाबमूलक अभियान थालेको छ ।

 

भोलि शनिबार १२ बजे बबरमहलको कार्की व्यांकेटमा सबै युवायुवतीको सहभागितामा अभियान अघि बढाउने संयोजक राजानन्द माण्डव्यले जानकारी दिए ।  ‘यो अभियान चलाएको धेरै भयो तर सरकार र सम्बन्धित निकायले नसुनेपछि दबाबमूलक कार्यक्रम नै गर्ने सोच अघि बढेका छौं’ माण्डव्यले भने, 'हामी नेपालीको दौरा सुरुवाल र साडी चोलो पहिचान हो, यसलाई बचाउनु हाम्रो कर्तव्य भइसकेको छ ।’

नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्