तिनाउमा मोटरसाइकल खस्यो, एकजनाको मृत्यु



बुटवल : बुटवल–तानसेन सडक खण्डमा पर्ने पाल्पाको  तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक चालकसहित मोटरसाईकल तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा उक्त मोटरसाइकलमा सवार तानसेन–९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको जनाइएको छ ।

 

लु३०प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्