देशभर १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी



काठमाडौं :  गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन् । यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो ।

 

देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए ।

 

तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ।

 

नेपालको जनगण्ना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन् । सन् २०२० मा ३.८ प्रतिशत नेपालीलाई क्रिश्चियन बनाउने लक्ष्यका साथ प्रचार प्रसार भइरहेको छ। विश्वमा तीव्र गतिमा क्रिश्चियन धर्मावलम्बी वृद्धि हुने देशको सूचीमा नेपाल अग्रपंक्तिमा रहेको नयाँ पत्रिकामा  खबर छ ।

प्रतिक्रिया दिनुहोस्